पेस्तोल र गोलीसहित दुईजना पक्राउ

काठमाडाैं | असार १२, २०७९

पेस्तोल र गोलीसहित दुईजना पक्राउ


काठमाण्डौँ :      प्रहरीले काठमाडौँको नयाँ बसपार्कबाट पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।

    

प्रहरी प्रभाग नयाँबसपार्कबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित एक खाजा घरबाट हातहतियारसहित काठमाडौँ महानगरपालिका–१७ धोविचौरका ४२ वर्षीय जोयल थापा र नवलपरासी वर्दघाट नगरपालिका–१४ का ३० वर्षीय राजु विकलाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

  

 जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पेस्तोल र गोली बोकेर हिँडिरहेका अवस्थामा दुवैजनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकासँग कटुवा पेस्तोल एक थान, गोली एक थान, खोका एक थान र हातमा लगाउने फलामको पञ्च एक थान बरामद गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

काठमाडौं।     प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ ।   प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको  सबैलाई धन्यवाद द...

थप पढ्नुहोस्

गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ ।    उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२०  मतान्तरले पछाडी पार्दै ...

थप पढ्नुहोस्

काठमाडौं:  देशका केही भू-भागमा आज  मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

थप पढ्नुहोस्